रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन्। माघ २५ गते बसेको संस्था सञ्चालक समितिको बैठकले उनलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनी सचिव युज कुमार भैलका अनुसार, उनको कार्यकाल फागुन १ गतेबाट लागू हुनेछ। यसअघि डा. मल्ल एनएमबि बैंकमा कार्यरत थिए।


प्रतिकृया