instainsta

मलेशियाको महँगी दर घट्दै, ५१ महिनायताकै न्यून बिन्दुमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ११ गते
मलेशियाको महँगी दर घट्दै, ५१ महिनायताकै न्यून बिन्दुमा
AdvertisementAds

सन् २०२५ को मे महिनामा मलेशियाको मुद्रास्फीति दर घटेर १.२ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको न्यूनतम दर हो। सरकारी तथ्यांक अनुसार, महँगी दरमा आएको यो कमीको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट भएको हो। तेल सस्तो हुँदा उत्पादन र यातायात खर्च घटेकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा स्थिरता देखिएको छ।

उत्पादन लागतमा आएको कमी स्थानीय उत्पादन मूल्य सूचकांक (पीपीआई) मा पनि देखिएको छ। चालु वर्षको अप्रिलमा यो सूचकांक ३.४ प्रतिशत ऋणात्मक रहेको थियो। यसमा खानी तथा उत्खनन क्षेत्रमा १७.८ प्रतिशतले मूल्य घटेको योगदान मुख्य रहेको बताइएको छ।

त्यस्तै, उपभोक्ता मूल्य सूचकांकमा उल्लेखनीय स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिको गति पनि सुस्त हुँदै मे महिनामा २.१ प्रतिशतमा सीमित भएको छ। यद्यपि, मासिक रूपमा हेर्दा भने एप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०.१ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स