माई खोला हाइड्रोपावर लिमिटेडले पाँचौं वार्षिक साधारणसभा मंसिर २५ गते गर्ने भएको छ। सभा काठमाडौंको सखंपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। तर, १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव बोर्डमा दर्ता भइसकेकाले साधारणसभाले सो प्रस्तावलाई निरन्तरता दिनेछ। त्यससँगै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ। कम्पनीले अन्य परियोजना वा कम्पनीमा लगानी गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनहरू छलफल गरी पारित गरिनेछ। त्यसैगरि, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, मंसिर १० गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया