नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सिमरा घटनाप्रति सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। महासचिव शंकर पोखरेलसहित एमाले नेताहरू पार्टीको कार्यक्रममा सहभागी हुन सिमरा जाँदै गर्दा जेनजी युवाहरुले विरोध गरेका थिए। विरोधका क्रममा विमानस्थल क्षेत्रमा तोडफोड भएको र स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो। बस्नेतले सामान्य स्थितिलाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिक रूपमा गलत कदम भएको र विभिन्न दल–आवद्ध समूहलाई ‘जेन–जेड’ को नाममा अराजक भिडका रूपमा उत्र्याइयको दाबी गरे।
बस्नेतले सामाजिक सञ्जालमा, “राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो। सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ। हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।” लेखेका छन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया