नेकपा (एमाले)का सचिव महेश बस्नेतले संसद पुनर्स्थापनाको मुद्दामा अदालत पन्छिन नपाउने बताएका छन्।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले सो मुद्दामा अझै पेसी नतोकिएकोमा आपत्ति व्यक्त गरे।
उनले भने, “न्यायाधीशहरू पन्छिने र न्यायिक निकाय चुप लाग्ने अवस्था बनेको छ। आमजनता र नागरिक पनि अलमलमा छन्। न्यायाधीशहरूलाई के त्यस्तो रोग लागेको हो?”
सचिव बस्नेतले सरकारलाई पनि कुनै दलको पक्षमा काम गरेको आरोप लगाए। उनले भने, “कसैको एजेन्डा स्थापित गर्न सरकारले माध्यम बन्न खोजेको देखिन्छ। ब्यारेक र प्रहरी कार्यालयमा मतपेटिका राखेर आफूअनुकूलका मान्छेलाई जिताउन निर्वाचन गरिएको होइन कि भन्ने गम्भीर आशंका छ।”


















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया