भोलिदेखि माघेझरी सुरू हुने

भोलिदेखि माघेझरी सुरू हुने

भोलि शुक्रबारदेखि माघेझरी सुरू हुने मौसमविदहरूले आकलन गरेका छन्। माघ ९ गतेदेखि पश्चिमबाट पानी पार्ने वायु भित्रिने मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्। उनले माघ १३ गतेसम्म पश्चिमी वायुले पानी पार्ने सम्भावना रहेको पनि बताए।

यो हिउँदमा अहिलेसम्म पानी परेका छैनन्। सामान्यतया मंसिर १६ देखि फागुन १६ सम्म ६०.१ मिलिमिटर पानी पर्नुपर्नेमा हालसम्म वर्षा शून्य रहेको जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणमा उल्लेख छ।

पछिल्लो समय चिसो घट्न थालेको छ, जुन क्रम शुक्रबारसम्म रहनेछ। त्यसपछि चिसो बढ्ने र पश्चिमी वायुले पानी पर्ने सम्भावना रहेको उनले बताए।

त्रिवि जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक पोखरेलले पश्चिम नेपालमा राम्रै वर्षा हुने, काठमाडौंमा हल्का वर्षा र पूर्वी नेपालको हिमाली भेगमा हल्का हिमपात मात्र हुने प्रक्षेपण गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले माघ ९ गते लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा उच्च पहाडी क्षेत्रमा मध्यम हिमपातको सम्भावना सहित पूर्वचेतावनी जारी गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स