एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को सार्वजनिक निष्कासन आजदेखि खुला भएको छ। माछापुच्छ्रे बैंक कोष प्रवर्द्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाअन्तर्गत २ करोड इकाइ बिक्री सुरु गरिएको हो। कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाइ प्रवर्द्धक र व्यवस्थापकका लागि छुट्याइएको छ, जसमा १४ प्रतिशत (७० लाख इकाइ) माछापुच्छ्रे बैंक र १ प्रतिशत (५ लाख इकाइ) माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित राखिएको छ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । इकाइ बिक्री छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयपछि बन्द हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।





















प्रतिकृया