असार २२ देखि माबिलुङ्ग इनर्जीको आईपीओ खुल्दै, क-कसले भर्न पाउने ?



माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता आईपीओ निष्काशन गर्दैछ।

स्थानीयबासिन्दाले संखुवासभाको मादी नगरपालिका ७, ८, ९ र चैनपुर नगरपालिका २, ३, ७, ८, ९ वडाबाट आवेदन दिन सक्नेछन्। न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदनको अन्तिम मिति असार ४ गते हो, तर आवश्यकता अनुसार आयोजनाका लागि असार १९ सम्म लम्बिन सक्छ।


Advertisement

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा र मेरो सेयरमार्फत दिन सकिनेछ। पहिलो चरणपछि सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ जारी गरिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर