माबिलुङ्ग इनर्जी लिमिटेडले प्रथम चरणको आईपीओ असार २२ गतेदेखि बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
यसमध्ये पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृतिप्राप्त नेपाली नागरिकका लागि छुट्याइएको छ।
आयोजना प्रभाविततर्फ संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा बसोबास गर्ने स्थानीय नागरिकले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति साउन ४ गते रहेको छ, तर आयोजना प्रभावित समूहबाट आवश्यक संख्यामा आवेदन नआएमा म्याद साउन १९ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका लागि भने म्याद नबढाइने कम्पनीले जनाएको छ।
आईपीओमा आवेदन दिन लक्ष्मी सनराइज क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। साथै, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खादबारी शाखा तथा आयोजनाको पावरहाउस कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखाहरू र ‘मेरो शेयर’ प्रयोग गरेर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया