आईपीओ निष्काशन गर्ने तयारीमा रहेको लुम्बिनी हेरिटेज होटलले गर्यो यस्तो विशेष सम्झौता

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १६ गते
आईपीओ निष्काशन गर्ने तयारीमा रहेको लुम्बिनी हेरिटेज होटलले गर्यो यस्तो विशेष सम्झौता
AdvertisementAds

अन्तर्राष्ट्रिय आतिथ्य समूह आईएचजी होटल्स एन्ड रिसोर्ट्सले नेपालमा पुन: सेवा सुरु गर्न लागिएको छ। आईएचजीले पहिलो पटक काठमाडौं बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड ‘क्राउन प्लाजा’ सञ्चालन गर्ने भएको हो। यसअघि सोल्टी काठमाडौंमा सञ्चालनमा रहेको क्राउन प्लाजा १४ मे २०२१ मा सम्झौता समाप्त भएपछि लुम्बिनी हेरिटेज मार्फत नेपाल फर्किएको हो।

हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुन: ब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने छ। आईएचजी र लुम्बिनी हेरिटेज लिमिटेडबीच भारत नयाँदिल्लीमा सम्झौता सम्पन्न भएको हो। सम्झौतामा अध्यक्ष सुभाष अमात्य र दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन्।

होटलमा १ सय ४७ कोठा, ७ स्विट, बहुउद्देश्यीय हल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्विमिङ पुल र प्रिमियम सुविधा उपलब्ध हुनेछन्। यसै वर्ष क्यासिनो सेवा सुरु गर्ने योजना रहेको छ। लुम्बिनी हेरिटेज होटल बुद्ध जन्मस्थलबाट १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट ९ किलोमिटर दूरीमा छ। सन् २०२६ भित्र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने योजना पनि अघि सारिएको छ। आईएचजीले आधुनिक डिजाइन र उत्कृष्ट सेवासहित होटललाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स