विन्ध्यवासिनी हाइड्रोपावरको ९६ लाखभन्दा बढी सेयरको लक-इन अवधि सकियो, भोलिदेखि कारोबार गर्न सकिने



विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक-इन अवधि २०८२ साल असार २ गते सकिएको छ। अब यी सेयरहरू भोलि असार ३ गतेदेखि नेप्सेमा कारोबारयोग्य भएका छन्।

कम्पनीले २०७९ साल असार ३ गते सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरेको थियो। त्यस मितिबाट तीन वर्षसम्म संस्थापक समूह, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएका सेयरहरू लक-इनमा राखिएको थियो।


Advertisement

अब लक-इन अवधि सकिएपछि संस्थापक समूहका ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीका ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीयका ११ लाख २९ हजार ८०० कित्ता सेयर बजारमा कारोबार गर्न सकिने भएको छ। यद्यपि, सञ्चालक र कम्पनीको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीको हकमा भने नियमन अनुसार सेयर अझै रोक्का रहने कम्पनीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर