SHAREHUBSHAREHUB

अभियान लघुवित्तको १५ लाख ३७ हजार कित्ताको लकइन सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २३ गते
AdvertisementAds
अभियान लघुवित्तको १५ लाख ३७ हजार कित्ताको लकइन सकिँदै
AdvertisementAds

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ लाख ३७ हजार ५०० कित्ता सेयरको लकइन अवधि आगामी साउन २९ गते समाप्त हुने भएको छ।

हाल संस्थापक समूहतर्फ १५ लाख २५ हजार कित्ता र कर्मचारी समूहतर्फ १२ हजार ५०० कित्ता सेयर लकइनमा छन्। कम्पनीले आईपीओ बाँडफाँड गरेको मितिले तीन वर्षसम्म यी सेयरहरू लकइनमा राख्नुपर्ने नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार लकइन गरिएको हो।

कम्पनीले वि.सं. २०७९ साउन ४ गतेदेखि २२ गतेसम्म सर्वसाधारण (कर्मचारीसहित) लाई आईपीओ निष्काशन गरी साउन ३० गते बाँडफाँड गरेको थियो। सोही आधारमा लकइन अवधि साउन २९ गतेसम्म कायम रहनेछ।

लकइन अवधि समाप्त भएपछि संस्थापक सेयरधनी र कर्मचारीहरूले आफ्नो सेयर कारोबार गर्न पाउनेछन्, जसको प्रत्यक्ष प्रभाव बजारमा कम्पनीको सेयर मूल्यमा पर्न सक्ने अनुमान छ।

तर, सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन तहमा रहेका कर्मचारीले भने सेवा निवृत्त भएको एक वर्ष नपुगेसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स