राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटको घटनामा नेपाली कांग्रेसका एक सह-महामन्त्रीका छोरा संलग्न रहेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले उक्त घटनामा गृहमन्त्रीकै पार्टीका नेताको छोरा पक्राउ परे पनि छानबिन अघि नै उनलाई छोडिएकोप्रति प्रश्न उठाए।
लिङदेनले भने, ‘हामीसँग रेकर्ड छ, भाटभटेनीको लुटपाटमा गृहमन्त्रीकै पार्टीको सहमहामन्त्री कै छोरा पक्राउ परे। किन छोड्नु भो तुरुन्तै ? तपाईंका नेताको छोराले रक्सी लिएर गयो। उसले ल्याएको मान्छेले म रक्सी खान्न कपडा लान्छु भनेर कपडा लिएर गयो।’
‘पुलिसले भिडियोमा हेरेर पक्रियो पछि नेताको छोरा परे।’ उनले भने, ‘नेताको छोरालाई छोड्नु भो ल्याएको मान्छेलाई छोडिएन। पछि यो कुरा बाहिर ल्याउँछु भनेपछि सबैलाई छोड्नु भो ।’
उनको दाबी अनुसार, सुरुमा नेताको छोरालाई मात्र छोडिएको थियो, तर पछि ती व्यक्तिले “यो कुरा म सार्वजनिक गर्छु” भनेपछि सबैलाई छोडिएको थियो।




















प्रतिकृया