इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटको लाइसेन्स नवीकरण भएको छ। कम्पनीले ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ बक्यौता तिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीको लाइसेन्स नवीकरण गरेको हो।प्राधिकरण अनुसार सुबिसुको लाइसेन्स पुस २५ गते पाँच वर्षका लागि नविकरण भएको हो ।
सुबिसुले रोयल्टीबापत १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपैयाँ र ग्रामीण दूरसञ्चार विकास कोषबापत १३ करोड ८९ लाख ७९ हजार ५९० रुपैयाँ बुझाएको छ। यसअघि गत कात्तिक ३० गते वर्ल्डलिंकले २ अर्ब १५ करोड रुपैयाँ बक्यौता बुझाएको थियो। हालसम्म आधा दर्जन आएएसपीले १ अर्ब ३७ करोड बढी बक्यौता बुझाएका भने छैनन् ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया