SHAREHUBSHAREHUB

एलआईसी नेपालले लाभांश पारित गर्न बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

AdvertisementAds
एलआईसी नेपालले लाभांश पारित गर्न बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?
AdvertisementAds

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले आउँदो असार ३० गते सोमबार २३औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:४५ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

त्यस्तै, समूह ‘ख’ (सर्वसाधारण सेयरधनी) तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक समूहबाट नियुक्त सञ्चालकको अनुमोदन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ। बोनस सेयर वितरणपछि पूँजी वृद्धि हुने भएकाले सो अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न वा नियमनकारी निकायको निर्देशन अनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि राखिनेछ।

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १६ गते १ दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यस आधारमा असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स