लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको जेठ १२ गते बसेको बैठकले सभा पोखराको न्युरोडस्थित प्रधान कार्यालयमा दिउँसो १ बजेका लागि तय गरेको हो।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।
यसैबीच, कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको तयारी अघि बढाइसकेको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन) मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि गत माघ २० गते आवेदन दिएको हो। कम्पनीले ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने कानुनी बाध्यताअनुसार पूँजी संरचना मिलाउन आईपीओ ल्याउन लागेको हो।




















प्रतिकृया