युवालाई उद्यमी बनाउन ललितपुर महानगरपालिकाले नि:शुल्क तालिम दिँदै, भोलिसम्म दिन सकिन्छ आवेदन

युवालाई उद्यमी बनाउन ललितपुर महानगरपालिकाले नि:शुल्क तालिम दिँदै, भोलिसम्म दिन सकिन्छ आवेदन
Advertisement Ads

ललितपुर महानगरपालिका, लघु, घरेलु तथा साना उद्योग शाखाले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा विभिन्न निःशुल्क तालिमहरू सञ्चालन गर्न लागेको छ।

सूचनाअनुसार उद्यमशीलता विकास तालिम (४० जना, योग्यता: SLC), उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम (४० जना, योग्यता: स्नातक) र स्टार्टअप तालिम (४० जना, योग्यता: +२) सञ्चालन गरिनेछ। इच्छुक महानगरबासीले वडा कार्यालयको सिफारिस, नागरिकता, शैक्षिक प्रमाणपत्र र अन्य आवश्यक कागजात सहित वैशाख १४ गतेभित्र आवेदन दिन सक्नेछन्।

आवेदन फारम वडा कार्यालय वा नगरपालिकाको वेबसाइट lmc.gov.np बाट डाउनलोड गर्न सकिन्छ। सम्पर्क वैशाख १५ गते तोकिएको छ र तालिम औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वरमा हुनेछ।

enterprise training programs open notice 1777195762974 https://bajarkochirfar.com/lalitpur-metropolitan-city-is-providing-free-training-to-make-youth-entrepreneurs-applications-can-be-submitted-until-tomorrow | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स