उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै प्रशस्त अवसर रहेको बताएका छन्।
बालकुमारीमा आयोजित मध्यपुर महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला, संस्कृति, र उत्पादनको संरक्षण तथा पर्यटकीय दृष्टिकोणबाट बजारीकरण गर्न सके आर्थिक मेरुदण्ड बलियो हुने बताए।
उनले भने, “आफ्नो जन्मभूमिको परिवेशलाई बुझेर यसको संरक्षण गर्नु र पुर्खाको सीप, कला, तथा उत्पादनलाई व्यावसायीकरण गर्न सके आर्थिक उपार्जनका अवसरहरू यहीँ प्रशस्त छन्।”
उपप्रधानमन्त्री सिंहले महोत्सवले मध्यपुरथिमिको मात्र नभई सिङ्गो देशकै आर्थिक स्थितिलाई माथि उठाउने दाबी गरे। उनले भने, “महोत्सवले सिङ्गो देशबासीलाई एकै ठाउँमा ल्याई नेपालको अर्थतन्त्रलाई लयमा फर्काउने र आर्थिक विकासमा योगदान पुर्याउने छ।”











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया