विद्युत बिक्री आम्दानी घट्दा कुथेली बुखरीको नाफा घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
विद्युत बिक्री आम्दानी घट्दा कुथेली बुखरीको नाफा घट्यो

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२९ प्रतिशतले घटेर ८९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, बित्त खर्च ५९ लाख ८ हजारबाट घटेर ३१ लाख २० हजारमा आएको छ। यता, ह्रासकट्टी खर्च ३२४.८२ प्रतिशतले बढेर १० करोड ४ लाख रूपैयाँ छ।

कम्पनीको चुक्ता पूँजी १३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस ६ रुपैयाँ २६ पैसा घटेर ६ रुपैयाँ ६७ पैसा पुगेको छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २८६.४६ गुणा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स