कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले माघ महिनाको खुद सम्पत्ति मूल्य (न्याभ) विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार फण्डको न्याभ र नाफा पुस मसान्तको तुलनामा माघ मसान्तमा वृद्धि भएको छ।
पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४५ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ५१ पैसा पुगेको छ। त्यस्तै, फण्डले पुस मसान्तसम्म ४ करोड ४० लाख नाफा कमाएकोमा माघ मसान्तसम्म यो बढेर ५ करोड नाघेको छ। माघ महिनामा फण्डको आम्दानी बढेसंगै नाफा पनि बढ्न पुगेको हो।
फण्डको कुल आम्दानी पुस मसान्तमा ५ करोड ४० लाख रहेकोमा माघमा बढेर ६ करोड १६ लाख पुगेको छ। तर, सूचीकृत सेयरमा लगानी भने पुसको तुलनामा माघमा केही घटेको छ। पुस मसान्तसम्ममा फण्डले सूचीकृत सेयरमा ७७ करोड २० लाख लगानी गरेकोमा माघ मसान्तमा घटेर ७६ करोड ४४ लाख पुर्याएकोपुगेको छ।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)

![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)





![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया