मतदातालाई केपी ओलीको प्रश्न, “देश बनाउनेलाई रोज्ने हो कि जलाउनेलाई ?”

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
मतदातालाई केपी ओलीको प्रश्न, “देश बनाउनेलाई रोज्ने हो कि जलाउनेलाई ?”

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही हप्तामा हुने प्रतिनिधिसभा चुनाव र वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। ओलीले आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै मतदातालाई सचेत रहन आग्रह गरेका हुन्।

भिडियो सन्देशमा उनले भने, “यो चुनाव देश बनाउने र जलाउनेबीचको चुनाव हो। आज हामीलाई आफ्नो स्वाभिमान नझुक्ने, ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीका लागि देश पहिले भन्ने भावना आवश्यक छ। अहिलेको चुनाव पार्टी–पार्टीबीचको चुनाव होइन, यो त जलाउने र बनाउने मध्ये को रोज्ने ? भन्ने चुनाव हो।”

ओलीले देशको भूमि र जनतालाई सर्वोपरि रहेको बताएका छन्। उनले भने, “संविधान बचे मात्र तपाईंको अधिकार बच्छ। बोल्ने–बाँच्ने, न्याय पाउने र आफ्नो मत प्रयोग गर्ने अधिकार सुरक्षित हुन्छ। आज हामीलाई संविधान नहिल्लने, अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ, त्यसैले देश पहिले भन्ने भावना आवश्यक छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स