काठमाडौं महानगरले सिंहको निधनमा शोक बिदा दियो

काठमाडौं महानगरले सिंहको निधनमा शोक बिदा दियो

काठमाडौं महानगरले संस्थापक मेयर पीएल सिंहको निधनमा आज काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयमा सार्वजनिक विदा दिइएको छ ।सिंहको सोमबार बिहान निधन भएको थियो।

महानगरले उनको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक सबै कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो। विक्रम संवत २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा हुनु अघि सिंह काठमाडौंका प्रमुख थिए।

उनका योगदानको सम्मानमा शोक बिदा दिइएको महानगरले जनाएको छ। उनका पार्थिव शरीरलाई बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स