करोडौँ रकम हिनामिनाको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १८ गते
करोडौँ रकम हिनामिनाको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
AdvertisementAds

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई बैंकमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी  रकम हिनामिनाको आरोपमा शनिबार रुपन्देहीको बेलहिया नाकाबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।

उनी बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धानको दायरामा छन्। रायले २०७६ देखि २०७९ सम्म बैंकको सीईओ र सञ्चालक समितिको अध्यक्ष भएर काम गरेका थिए। यस प्रकरणमा अन्य बैंकका उच्च पदस्थ व्यक्तिहरू पनि अनुसन्धानमा छन्।

गत पुसमा गठित छानबिन समितिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिनाको तथ्य पत्ता लगाउँदै सम्बन्धित निकायमा सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स