कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान बाँडफाँड आईपीओको बाँडफाँड गरेको हो ।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि कुल २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो।
बाँडफाँडपछि २ लाख ८७ हजार जना आवेदकले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।
आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Kalanga Hydro Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

प्रतिकृया