इन्टरनेशनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्टले वेब कम्युनिकेशन एसोसिएटको पदका लागि आवेदन आह्वान गरेको छ। यस पदमा नियुक्त हुने व्यक्तिले ICIMOD का वेब पोर्टलहरूको अपडेट, मर्मत र डेभलपमेन्टको जिम्मेवारी सम्हाल्नुपर्ने छ।
कम्पनीले मेराे जवम उल्लेख गरेको विवरण अनुसार यस पदमा नियुक्त हुने व्यक्तिले व्यक्ति वेब पोर्टलहरूको सामग्री व्यवस्थापन र अपडेट गर्ने, WordPress को माध्यमबाट नयाँ पोर्टलहरूको विकास गर्ने र तिनको सुरक्षा सुनिश्चित गर्नुपर्नेछ। साथै, सिस्टमका समस्याहरूको समाधान गर्दै अन्य सहकर्मीहरूलाई वेब सम्बन्धी कार्यमा सहयोग गर्ने भूमिका निर्वाह गर्नुपर्नेछ।
आवेदन दिन इच्छुक उम्मेदवारले कम्प्युटर विज्ञान, सूचना प्रविधि वा सम्बन्धित क्षेत्रबाट स्नातक (४ वर्षको अनुभव) वा स्नातकोत्तर (२ वर्षको अनुभव) डिग्री प्राप्त गर्नुपर्नेछ। यसका साथै, WordPress विकासमा अनुभव, HTML, CSS, PHP, JavaScript र MySQL मा दक्षता र SEO का बारेमा आधारभूत ज्ञान राख्ने व्यक्तिहरूलाई प्राथमिकता दिने संस्थाले जनाएको छ।
यस पदका लागि वार्षिक तलब र ८८८,१००/- प्रस्ताव गरिएको छ। साथै अनुभव र योग्यता अनुसार परिवर्तन हुन सक्ने संस्थाले उल्लेख गरेको छ। यसका अतिरिक्त, स्वास्थ्य, जीवन र दुर्घटना बीमा, विदाइ भत्ता, बिदा र अन्य सुविधाहरू पनि उपलब्ध हुनेछ।
आवेदन दिन इच्छुक उम्मेदवारहरूले ८ डिसेम्बर २०२४ (आज बेलुका) भित्र Mero Jobs पोर्टलमार्फत आवेदन दिनुपर्नेछ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया