यस बर्ष सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २६ गते
यस बर्ष सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ।

यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ ले गत शनिबारसम्म रु ११ करोड ७१ लाख ४१ हजार ४९८ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ। बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाका लागि आफू सदैव आभारी रहेको बताएका छन्। उनले भनेका छन्, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ। हामीलाई वितरकले दिएको व्यावसायिक तथ्यांक भने चलचित्र विकास बोर्डको भन्दा बढी छ। यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलु तथा प्रवास बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो।”

यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो। चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन्। उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स