जापानमा कामदारको कमी बढ्दै गएपछि कम्पनीहरू युवा कर्मचारी आकर्षित गर्न नयाँ तरिकाहरू अपनाइरहेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार ठूला कम्पनीहरूले तलब बढाईरहेका छन् भने साना कम्पनीहरूले फरक सुविधा दिई प्रतिस्पर्धा गरिरहेका छन्।
ओसाकास्थित टेक कम्पनी ट्रस्टिङले आफ्ना कर्मचारीहरूलाई आकर्षित गर्न अनौठा बिदा नीतिहरू लागू गरेको छ। कम्पनीले ह्याङओभर भएपछि आराम गर्न “ह्याङओभर बिदा” दिने नीति अपनाएको छ। यस कम्पनीका कर्मचारीहरूले ह्याङओभरको लागि बिदा लिन पाउछन्।
त्यस्तै, यदि मनपर्ने सेलिब्रेटीले विवाह जस्ता ठूलो घोषणा गरेमा “सेलिब्रेटी लस लिभ” लिने सुविधा पनि दिएको छ। २०२१ मा एक जापानी संगीतकार तथा अभिनेता जेन होशिनोले अभिनेत्री युई अरागाकीसँग आफ्नो विवाह गर्ने खुलासा गरे जसमा एक कर्मचारीले यस बिदाको फाइदा लिएका थिए। कार्यस्थललाई अझ रमाइलो बनाउन कार्यालयमा नै ड्रिंक्स बारको व्यवस्था गरिएको छ।
कम्पनीका प्रमुख दाइगाकु शिमादाका अनुसार सुरुआती तलब २,२२,००० येन (झन्डै १,४०० अमेरिकी डलर) भए पनि यस्ता नयाँ तरिकाहरूले प्रतिस्पर्धात्मक लाभ दिने गरेको छ। तीन वर्षदेखि कुनै पनि कर्मचारीले राजीनामा नदिएको कम्पनीले जनाएको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया