SHAREHUBSHAREHUB

निष्कर्षविहीन बन्यो ‘इस्लामावाद वार्ता’: अमेरिका र इरानबीचको अविश्वासले क्षेत्रीय तनाव थप चर्कने खतरा

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
AdvertisementAds
निष्कर्षविहीन बन्यो ‘इस्लामावाद वार्ता’: अमेरिका र इरानबीचको अविश्वासले क्षेत्रीय तनाव थप चर्कने खतरा
AdvertisementAds

अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने सङ्केत देखिएको छ । यस्तो अवस्थामा पाकिस्तानले दुवै पक्षलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ ।

पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार दिएको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै देशलाई सकारात्मक भावनाका साथ वार्तामा संलग्न रहन आग्रह गरे । उनले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि पनि युद्धविरामको प्रतिबद्धता कायम राख्नु अत्यन्त आवश्यक रहेको बताए ।

दारका अनुसार पाकिस्तानले इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच संवादको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेको छ र आगामी दिनहरूमा पनि सहजीकरण जारी राख्नेछ । उनले शान्ति वार्तामा सहभागी हुन पाकिस्तानको निमन्त्रणालाई स्वीकार गरेकोमा दुवै देशप्रति आभार व्यक्त गरे।

उनले यसअघि पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफले तत्काल युद्धविरामको आह्वान गर्दै इस्लामाबादमा वार्ताका लागि दिएको निमन्त्रणालाई दुवै पक्षले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुभयो । यसलाई क्षेत्रीय कूटनीतिमा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

‘इस्लामावाद वार्ता’ का रूपमा चिनिएको उक्त उच्चस्तरीय बैठकमा दुवै देशका शीर्ष अधिकारीहरूको अभूतपूर्व सहभागिता रहेको थियो । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने इरानी पक्षको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए।

AdvertisementAds

दारले आफूले चिफ अफ डिफेन्स फोर्स र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीरसँग मिलेर करिब २४ घण्टा लामो गहन र बहुपक्षीय छलफलमा मध्यस्थता गरेको जानकारी दिए । उनका अनुसार वार्ता आइतबार बिहान टुङ्गिएको हो, तर अपेक्षित सहमति भने जुट्न सकेन ।

वार्ता असफल भएसँगै अमेरिकी उपराष्ट्रपति भान्स इस्लामाबादबाट प्रस्थान गरेका छन् । वार्तामा मुख्य विवादका विषयहरू इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको नियन्त्रणसँग सम्बन्धित थिए ।

भान्सले पत्रकारहरूसँग कुरा गर्दै केही विषयमा प्रगति भए पनि अन्ततः कुनै औपचारिक सम्झौता हुन नसकेको बताए । उनले यो अवस्था विशेषगरी इरानका लागि प्रतिकूल भएको टिप्पणी गरे, यद्यपि यसले अमेरिकालाई पनि असर पार्ने स्वीकार गरे।

यस घटनाक्रमले कूटनीतिक प्रयासहरू जारी रहे पनि आपसी अविश्वास र रणनीतिक मतभेदका कारण तत्काल समाधानको सम्भावना कमजोर देखिएको सङ्केत गरेको छ ।

सभामुख भन्दा उपसभामुखको तलब बढी: नेताको इगोले निम्त्याएको अनौठो अवस्था
सभामुख भन्दा उपसभामुखको तलब बढी: नेताको इगोले निम्त्याएको अनौठो अवस्था
मन्त्री भेट्न अनलाइन! के हो सत्य?
मन्त्री भेट्न अनलाइन! के हो सत्य?
अमेरिका र इरानबीचको शान्ति वार्ता असफल: के हो मुख्य कारण?
अमेरिका र इरानबीचको शान्ति वार्ता असफल: के हो मुख्य कारण?
Nepal’s NPR 30 Billion Buffalo Meat Project Targets China
Nepal’s NPR 30 Billion Buffalo Meat Project Targets China
NAIMA Mobility Expo Begins: Over 55 Brands and 40+ New Launches | Swipe It…!
NAIMA Mobility Expo Begins: Over 55 Brands and 40+ New Launches | Swipe It…!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स