एमालेले गृह लिएर अर्थ कांग्रेसलाई दिने सम्भावना छ ? 

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
एमालेले गृह लिएर अर्थ कांग्रेसलाई दिने सम्भावना छ ? 

२०८१ असार १७ गते मध्येरात १२ बजे कांग्रेस सभापति शेर बहादुर देउवा र केपी शर्मा ओलीले ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे। सो सहमति पत्रमा संविधान संशोधन, राजनीतिक स्थिरता , अर्थतन्त्र चलायमान बनाउने लगायतका विषयहरु समेटिएको थियो। विशेषगरी ३२ सिटे माओवादी ‘म्याजिक नम्बर’ भन्दै कहिले एमालेसँग त कहिले कांग्रेससँग मिलेर सरकार बनाउने खेलमा लाग्यो र त्यसले राजनितीक अस्थिरता निम्तिएका कारण दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु पर्ने स्पष्टिकरण कांग्रेस र एमालेका नेताहरुले दिँदै आईरहेका छन्। उता माओवादी, रास्वपा लगायतका दलहरु भने स्वार्थ समूहको ईशारामा एमाले र कांग्रेस मिलेको भन्ने आरोप लगाउँछन्। माओवादी नेता तथा तत्कालिन अर्थमन्त्री वर्षमान पुनले त केपी ओलीले चाहेको मान्छेलाई धितोपत्र बोर्डको अध्यक्ष नबनाएका कारण एमाले माओवादी गठबन्धन सरकार ढालिएको भन्दै बारम्बार आक्रोश व्यक्त गर्दै आएका छन्।

असार १७ गते भएको ७ बुँदे सम्झौता पछि असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो। ओली नेतृत्वको सरकारमा गृह कांग्रेसले लिने र अर्थ मन्त्रालय एमालेले सम्हाल्ने सहमति देउवा र ओलीबीच सम्झौताकै क्रममा भएको थियो। कांग्रेस एमाले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका रमेश लेखकलाई गृहको जिम्मेवारी दिने मनस्थितिमा सभापति देउवा पहिले नै थिए। सोहि अनुसार लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी दिईयो। एमालेबाट चाहिँ को अर्थमन्त्री बन्लान् भन्ने विषय स्पष्ट भईसकेको थिएन। एमालेभित्र अर्थमन्त्रीका रुपमा युवा सांसद महेश बर्तौलादेखि शंखर पोखरेलसम्मको चर्चा भएको थियो।

यसरी बनेका थिए पौडेल अर्थमन्त्री : 
एमालेभित्र पटक पटक अर्थ मन्त्रालय सम्हाल्ने सौभाग्य पाउने नेता हुन् विष्णु पौडेल। उनले पहिलो पटक २०७२ कात्तिक, दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ, चौथो पकट २०७९ पुस र पाँचौं पटक २०८१ असारमा अर्थमन्त्रालयको बागडोर सम्हाल्ने मौका प्राप्त गरे। अहिलेसम्म गरी ५ पटक अर्थमन्त्री बनिसकेका व्यक्ति हुन् विष्णु प्रसाद पौडेल।

कुनै समय एमाले अध्यक्ष केपी ओलीका विश्वाशपात्र मानिएका पौडेल पछिल्लो समय पूर्व राष्ट्रपति विद्या देवी भण्डारी निकट मानिन्छन। विद्या भण्डारी पुन: सकृय राजनीतिमा फर्किने योजनामा रहेको बताईन्छ। ओलीसँग असन्तुष्ट नेताहरु भण्डारीको निकट हुँदै गएको चर्चा एमाले वृत्तमा हुने गर्दछ। त्यसैले यसपटक केपी ओलीले पौडेललाई अर्थमन्त्री बनाउँदैनन् भन्ने अधिकांश नेताहरुको अनुमान विपरित ओलीले पौडेललाई  नै अर्थमन्त्री बनाए। खासगरी अर्थतन्त्र नाजुक रहेको अवस्थामा बजारले पत्याउने अनुहारलाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिनुपर्छ भन्ने कांग्रेस सभापति देउवाको सुझाव, एमाले पंक्तिमा अर्थ सम्हाल्न सक्ने प्रभावशाली अनुहारको अभाव र विद्या भण्डारीको चाहनामा पौडेल अर्थमन्त्री बनेका हुन्।

एमालेले गृह लिएर अर्थ कांग्रेसलाई दिने सम्भावना छ ? 

प्रधानमन्त्री केपी शर्मा ओली पौडेलसँग सन्तुष्ट छैनन् भन्ने कुरा उनको पछिल्लो प्रस्तुतीले देखाईरहेको छ। मन्त्रीहरुको कार्यसम्पादन समीक्षा बैठकमा समेत ओलीले यस्तो पाराले अर्थतन्त्र ठाउँमा नआउने बताएका थिए। काम गर्न नसक्ने मन्त्रीले ठाउँ छोड्नुपर्छ भन्ने ओलीको सार थियो। पौडेललाई चेक एण्ड ब्यालेन्समा राख्नकै लागि युवराज खतिवडालाई विकास तथा आर्थिक सल्लाहकार बनाईएको थियो। एमाले भित्र शंकर पोखरेल निकटको गुट र विष्णु पौडेल निकट गुटबीच प्रतिस्पर्धा छ। अर्थमन्त्री जस्तो महत्वपूर्ण पदमा पौडेल रहँदा आफ्नो गुट कमजोर हुने त्रास पोखरललाई छ त्यसैले उनले त्यतिबेला महेश बर्तौलालाई अर्थमन्त्री बनाउने प्रस्ताव ओलीसमक्ष राखेको स्रोत बताउँछ। तर ओलीले अनुभव नभएकालाई अहिले अर्थ दिनु हुँदैन भनेपछि पौडेलले मौका पाएको पनि स्रोतको भनाई छ।

यतिबेला ओलीले चाहँदा चाहँदै पनि पौडेललाई पदच्युत गर्न निकै मुस्किल छ। ‘पहिले नै अर्थमन्त्री नबनाएको भए बेग्लै कुरा हुन्थ्यो तर अब अर्थमा आईसकेपछि झन् झन् अर्थतन्त्र संकटमा पर्दै गएको बेला अर्थबाट निस्किँदा बनेको राम्रो इमेज बिग्रिन्छ भन्ने डर पौडेललाई छ र पौडेल कुनै बेलाको आफ्नो विश्वाशपात्र समेत भएकाले ओली अहिले पौडेललाई चलाउने पक्षमा छैनन्। यतिबेला एमालेले अर्थ मन्त्रालय छ्ड्दा अर्थ मन्त्रालय एमालेले सम्हाल्न नसकेर कांग्रेसलाई बुझाएको संदेश जान्छ। त्यसमाथि नयाँ आर्थिक वर्षको बजेट बनाउने समय नजिकिंदै जाँदा अर्थ छोडेर गृह लिने कुरामा ओली लाग्ने सम्भावना अलिकति पनि देख्दिन ‘, एक एमाले नेताले बजारको चिरफारलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स