नेपाली परिवारहरूको पहिलो रोजाइको लगानी साधन फिक्स्ड डिपोजिट (एफडी) हालको मुद्रास्फीतिको समयमा वास्तविक प्रतिफल दिन नसक्दा लगानीकर्ताहरू वैकल्पिक विकल्पतर्फ आकर्षित हुन थालेका छन्।
वाणिज्य बैंकहरूले एफटीमा करिब ४–५ प्रतिशत ब्याज दिने भए पनि मुद्रास्फीतिको दरलाई ध्यानमा राख्दा यसले वास्तविक अर्थमा पैसाको मूल्य बढाएको छैन। विशेषज्ञहरूको भनाइ अनुसार, कुनै पनि लगानीकर्ताले रिटर्न मात्र होइन, ‘रियल रिटर्न’ अर्थात् मुद्रास्फीतिपछि बाँकी रहने प्रतिफल हेरेर लगानी गर्नु आवश्यक छ।
यसै क्रममा डिबेन्चरप्रति चासो बढ्दै गएको छ। डिबेन्चर कम्पनीले सर्वसाधारणबाट उठाउने ऋणपत्र हो, जसमा लगानीकर्ताले कम्पनीको मालिक नभई ऋणदाता बन्छन्। नेपालमा जारी हुने अधिकांश डिबेन्चर सेक्योर्ड, नन–कन्भर्टेबल र रिडिमेबल हुन्छन् र ५–१० वर्ष अवधिका लागि वार्षिक ८–११ प्रतिशतसम्म निश्चित ब्याज प्रदान गर्छन्।
ICFC Finance ले ‘ICFC Finance Limited Debentures-2089’ नामक डिबेन्चर फागुन ११ गतेदेखि निष्काशन गरेको छ। सात वर्षे अवधिको उक्त डिबेन्चरमा वार्षिक ८ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। न्यूनतम लगानी २५ कित्ता (५००० रुपैयाँ) र अधिकतम २ लाख कित्ता सम्म गर्न सकिने व्यवस्था छ।
डिबेन्चरको अर्को विशेषता यसको तरलता हो। एफटीमा तोकिएको अवधि नपुगेको पैसा झिक्दा जरिवाना लाग्छ तर डिबेन्चर भने दोस्रो बजारमा सेयरझैँ बिक्री गर्न सकिन्छ। यसले लगानीकर्तालाई आकस्मिक आवश्यकतामा पनि फाइदा दिन्छ।
विशेषज्ञहरूले डिबेन्चर रोज्दा ब्याजदर मात्र होइन, कम्पनीको वित्तीय अवस्था, व्यवसायिक स्थायित्व र क्रेडिट रेटिङको मूल्याङ्कन गर्नुपर्ने सल्लाह दिएका छन्। यसरी सुरक्षित तर उच्च प्रतिफल दिने विकल्प खोज्न सकिने भएकाले डिबेन्चर अहिले एफटीको वैकल्पिक लगानीको रूपमा लोकप्रिय बन्दै गएको छ।

![पैसा FD मा छ ? तपाईं घाटामा हुनुहुन्छ [भिडियो]](https://bajarkochirfar.com/wp-content/uploads/2026/02/thumbnailify.com_youtube_thumbnail_Full_HD_2026-02-26_02-01-33-1024x576.jpg)
![bizshort | पैसा FD मा छ ? तपाईं घाटामा हुनुहुन्छ [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/is-the-money-in-fd-you-are-at-a-loss Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | पैसा FD मा छ ? तपाईं घाटामा हुनुहुन्छ [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/is-the-money-in-fd-you-are-at-a-loss Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | पैसा FD मा छ ? तपाईं घाटामा हुनुहुन्छ [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/is-the-money-in-fd-you-are-at-a-loss Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)

![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया