इरान र अमेरिका–इजरायलबीच जारी युद्धका कारण विश्वभर तेल आपूर्ति संकटमा परेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजारमा तेलको अभाव हुन नदिन र मूल्य वृद्धि रोक्न आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ।
यो एजेन्सीको ५२ वर्षे इतिहासमा सबैभन्दा ठूलो परिमाण हो। सन् २०२२ मा रुस–युक्रेन युद्धको बेला गरिएको आपतकालीन तेल वितरणको तुलनामा यो लगभग दोब्बर छ। सो समयमा १८ करोड ब्यारल वितरण भयेक थियो।
इरानले हर्मुज जलमार्गमा अवरोध पुर्याइरहेको कारण तेलको मूल्य विश्व बजारमा ४० प्रतिशतसम्म बढिसकेको छ। यसै कारण अमेरिका, जापान र युरोपेली देशहरू सहित ३२ राष्ट्रले यो असाधारण निर्णय लिनुपरेको हो।
विशेषज्ञहरूले भने यसलाई केवल अस्थायी उपाय मात्र मानेका छन्। सिटीग्रुपको अनुमान अनुसार फारसको खाडीमा जारी तनावका कारण दैनिक करिब १ करोड ६० लाख ब्यारेल तेल आपूर्ति रोकिएको छ, जुन एजेन्सीले उपलब्ध गराउने तेलको तुलना धेरै कम छ।
अर्कोतिर, अमेरिकाको भण्डारबाट तेल बजारसम्म पुग्न कम्तीमा १३ दिन लाग्ने भएकाले मूल्य तत्काल घट्ने सम्भावना कम छ। विश्लेषकहरूको विचार अनुसार दीर्घकालीन समाधान भनेको हर्मुज जलमार्ग पुनः खुल्नु हो, तर युद्धका कारण त्यसको समय अझै निश्चित छैन।



















प्रतिकृया