सेबोनलाई इप्पानको जवाफ: बिचौलियाले कमिसन मागेका हुन्, प्रमाण संकलन गरेर अख्तियारमा बुझाउँछौं

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १६ गते
सेबोनलाई इप्पानको जवाफ: बिचौलियाले कमिसन मागेका हुन्, प्रमाण संकलन गरेर अख्तियारमा बुझाउँछौं
AdvertisementAds

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा बिचौलियाले आइपीओ निष्कासनका लागि कमिसन मागेको पुष्टि गर्दै सेबोनलाई आधिकारिक जवाफ दिएको छ।

बिचौलियाहरुले सन्तोषनारायणको नाम लिँदै ठूला आयोजना र साना आयोजनाका लागि क्रमशः ७% र ५% कमिसन मागेको इप्पानले पत्रमा उल्लेख गरेको छ। वैशाख २३ गते इप्पानले आयोजना गरेको ऊर्जा उद्यमीहरुको भेलामा यो कुरा खुलेको थियो। त्यसपछि अध्यक्ष श्रेष्ठले इप्पानसँग आधिकारिक धारणा मागेका थिए।

धितोपत्र बोर्ड अध्यक्षको नाम लिँदै आइपीओ स्वीकृतिमा सहयोग गर्ने भन्दै बिचौलियाहरुले कमिसन मागेको कुरा सदस्य उद्यमीहरुले बताएका छन्। यसबारे प्रमाण सुरक्षित राखेर सम्बन्धित निकायमा बुझाईदिनु पनि अनुरोध गरेका छौ । इप्पानको पत्रमा भनिएको छ ।

सेबोनले हाल ४२ वटा जलविद्युत कम्पनीको २४ अर्ब ८४ करोड रुपैयाँ बराबरको आइपीओ प्रक्रिया होल्डमा राखेको छ। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स