दुई कम्पनीको आईपीओ डिम्याटमा खातामा जम्मा हुँदै

दुई कम्पनीको आईपीओ डिम्याटमा खातामा जम्मा हुँदै

दुई कम्पनीको आईपीओ डिम्याटमा खातामा जम्मा हुने भएको छ। कालंगा हाइड्रो लिमिटेड र एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको सेयर (आईपीओ) अब डिम्याटमा जम्मा हुने भएको हो।

कालंगा हाइड्रो र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच असार ५ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ। अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ। त्यसपछि सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि सेयर किनबेच गर्न सकिनेछ। कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि कुल २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो जसको बाँडफाँड जेष्ठ २७ गते सम्पन्न भइसकेको छ।

Stay Updated With 45 https://bajarkochirfar.com/ipos-of-two-companies-are-being-deposited-into-demat-accounts | %tags

एभरेष्ट कलर र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच असार ९ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ। अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ। त्यसपछि सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि सेयर किनबेच गर्न सकिनेछ। कम्पनीले जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो जसको बाँडफाँड असार ४ गते सम्पन्न भइसकेको छ।

Stay Updated With. 2 12 https://bajarkochirfar.com/ipos-of-two-companies-are-being-deposited-into-demat-accounts | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स