माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओमा अन्तिमसम्म २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् । सीडीएससीका अनुसार आज बिहिबार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा २३ लाख २५ हजार २५६ आवेदकहरूले २ करोड ६६ लाख ६७ हजार १७० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग २१.३५ गुणा बढी रहेको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा १२ लाख ४८ हजार ९०४ कित्ता निष्काशन गरेको हो। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी सन् राइज क्यापिटल लिमिटेड रहेको छ। आइपिओमा आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र अनलाईनबाट मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।




















प्रतिकृया