सेयर बजारप्रति लगानीकर्ताको चासो बढ्दै, डिम्याट खाता खोल्नेको संख्या ६७ लाख ३९ हजार नाघ्यो



Advertisement
Ads

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार वैशाख २२ सम्म देशभर ६७ लाख ३९ हजार २२४ जनाले डिम्याट खाता खोलेका छन् भने ५८ लाख २ हजार ३४० जना लगानीकर्ताले मेरो सेयर सेवा लिएका छन्।

तीमध्ये ३९ लाख ९२ हजार १५ जना सक्रिय प्रयोगकर्ता छन्। हाल ४३ वटा कम्पनीले सीआस्वा सेवा दिइरहेका छन् र १३ अर्ब ९३ करोडभन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ। ९२ कम्पनी क्लियरिङ सदस्य छन्, र हाल एक जनाले दुई डिम्याट खाता सञ्चालन गर्न पाउँछन्।


Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार दोस्रो बजारमा ४१ लाख ८ हजार ८४८ जना लगानीकर्ताले ब्रोकर खाता खोलेका छन्, जसमा १५ लाख १४ हजार ५ सय ९ जनाले भौतिक रूपमा र २५ लाख ९४ हजार ३ सय ३९ जनाले अनलाइन (टीएमएस)मार्फत कारोबार गर्छन्। संस्थागत लगानीकर्ता ९ हजार २७६ छन् भने हाल सक्रिय लगानीकर्ता संख्या २४ लाख १ हजार ३७७ मात्र रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर