अब ५ करोडभन्दा बढी चुक्ता पुँजी भएका इन्भेष्टमेन्ट कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत गर्नैपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २३ गते
अब ५ करोडभन्दा बढी चुक्ता पुँजी भएका इन्भेष्टमेन्ट कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत गर्नैपर्ने
Advertisement Ads

नेपाल धितोपत्र बोर्डले ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका तथा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन दिएको छ। फागुन २३ गते जारी गरिएको सूचनामा मनी लाउन्डरिङ निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वयन समितिको सिफारिसमा यस्तो निर्णय लिइएको उल्लेख गरिएको छ।

बोर्डको निर्देशनअनुसार सम्बन्धित कम्पनीहरूले अब सूचीकृत हुने प्रक्रिया पूरा गर्नुपर्नेछ। यसका लागि आवश्यक कागजात संकलन गरी आवेदन दिनुपर्नेछ। सूचीकृत हुनुपर्ने प्रमुख कागजातहरूमा निवेदन पत्र, संचालक समितिको विवरण, अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, चुक्ता पुँजी विवरण लगायतका कागजात समावेश छन्।

बोर्डको यो निर्णयले इन्भेष्टमेन्ट कम्पनीहरूको वित्तीय र व्यावसायिक स्थिति पारदर्शी बनाउने विश्वास गरिएको छ। साथै, पूँजी बजारलाई थप व्यवस्थित बनाउने तथा लगानीकर्ताहरूको सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

new news https://bajarkochirfar.com/investment-companies-with-paid-up-capital-above-5-crore-must-now-be-listed-on-the-securities-board | %tags

 

Advertisement Ads

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स