सेबोन अध्यक्षका लागि सर्टलिस्टमा परेका ४ जनाको आज अन्तर्वार्ता हुँदै

सेबोन अध्यक्षका लागि सर्टलिस्टमा परेका ४ जनाको आज अन्तर्वार्ता हुँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका चार जनासँग अध्यक्ष छनोट सिफारिस समितिले आज शुक्रबार छुट्टाछुट्टै छलफल गर्दैछ।

अध्यक्ष पदका लागि आवेदन दिएका ४७ जनामध्येबाट डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट सर्टलिस्टमा परेका हुन्।

समितिले तय गरेको तालिका अनुसार डा. नवराज अधिकारीसँग दिउँसो १ बजे, विनयदेव आचार्यसँग १:३० बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे तथा डा. गोपाल भट्टसँग २:३० बजे छलफल गर्नेछ। प्रत्येक उम्मेदवारसँग करिब आधा घण्टा संवाद गरिने जनाइएको छ।

छलफलपछि समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ।

sebon chairperson shortlist announced notice 1779187538267 https://bajarkochirfar.com/interviews-of-4-shortlisted-candidates-for-sebon-chairmanship-to-be-held-today | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स