नेपालबाट बंगलादेशसम्म कार्गो गाडीलाई आवतजावत गर्न भारतले रूट दियो
भारतले बंगलादेशसँग नेपालको व्यापार सहजीकरण गर्न काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध रूटमा कार्गो गाडीलाई आवतजावत गर्न अनुमति दिने सहमति जनाएको छ।
भारतीय सञ्चार माध्यम ‘द डेली स्टार’का अनुसार, भारतीय वाणिज्य मन्त्रालयले आइतबार जारी गरेको सूचनामा यसबारे जानकारी दिएको छ।
भारतीय सडक यातायात नियमअनुसार दुई–एक्सेल सवारी साधनको लागि अधिकतम १८.५ टन र तीन–एक्सेल सवारी साधनको लागि २८ टन भार सीमा तोकिएको छ।
यो सहमति गत शुक्रबार र शनिबार काठमाडौंमा आयोजित नेपाल–भारत सचिवस्तरीय अन्तर्सरकारी समिति (आइजिसी) बैठकपछि भएको हो। बैठकमा नेपालले उक्त रूटमार्फत कार्गो गाडी सञ्चालन गर्न सहजीकरण गर्न अनुरोध गरेको थियो।