भारतले १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने बजेट ल्यायो

भारतले १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने बजेट ल्यायो

भारत सरकारले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२५-२६ को बजेट प्रस्तुत गर्दै यो नयाँ नीति सार्वजनिक गरेकी हुन्। १२ लाख ७५ हजार रुपैयाँसम्म आम्दानी गरेमा कुनै कर नलाग्ने भए पनि, सोभन्दा माथिको आम्दानीमा ५ प्रतिशतदेखि ৩০ प्रतिशतसम्म कर लाग्ने व्यवस्था गरिएको छ।

यसअघि, भारतमा करमुक्त आम्दानीको सीमा २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, र २०२३ मा ७ लाख रुपैयाँ तोकिएको थियो।

नेपालमा अविवाहितलाई ५ लाख र विवाहितलाई ६ लाख रुपैयाँसम्म कर छुट दिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स