भारत सरकारले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२५-२६ को बजेट प्रस्तुत गर्दै यो नयाँ नीति सार्वजनिक गरेकी हुन्। १२ लाख ७५ हजार रुपैयाँसम्म आम्दानी गरेमा कुनै कर नलाग्ने भए पनि, सोभन्दा माथिको आम्दानीमा ५ प्रतिशतदेखि ৩০ प्रतिशतसम्म कर लाग्ने व्यवस्था गरिएको छ।
यसअघि, भारतमा करमुक्त आम्दानीको सीमा २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, र २०२३ मा ७ लाख रुपैयाँ तोकिएको थियो।
नेपालमा अविवाहितलाई ५ लाख र विवाहितलाई ६ लाख रुपैयाँसम्म कर छुट दिइन्छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया