नयाँ वर्षमा रक्सीले मातेकालाई प्रहरीले चौकीको सट्टा होटेल पुर्याइदिने

नयाँ वर्षमा रक्सीले मातेकालाई प्रहरीले चौकीको सट्टा होटेल पुर्याइदिने

अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा हिमाचल प्रदेशले विशेष व्यवस्था गरेको छ। हिमाचल प्रदेशमा मदिरा पिएर हिँडिरहेका पर्यटकलाई अब प्रहरीले चौकीको सट्टा सम्मानपूर्वक होटेलसम्म पुर्याइदिनेछ।

हिमाचल प्रदेशमा २४ डिसेम्बरदेखि सुरु भएको विन्टर कार्निवल २ जनवरीसम्म चल्नेछ। यस अवधिमा खाद्यान्न पसल, ढाबा, होटल र रेष्टुरेन्टहरू २४ घण्टा खुला रहने भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन्।

मुख्यमन्त्री सुखविन्द सिंह सुखुले भनेका छन् कि मदिरा पिएर हिँडिरहेका पर्यटकलाई हिरासतमा राख्नुको सट्टा होटेलसम्म पुर्याइनेछ। उनले यसलाई नयाँ वर्षको उपहारका रूपमा प्रस्तुत गरेका छन्।

उनले थपे, “विन्टर कार्निभलमा आफ्नो परिवारसँग आएका पर्यटकलाई समस्या परेको खण्डमा हिरासतमा राख्नु हुँदैन, बरु उनीहरूलाई होटेलसम्म लैजानु पर्छ। हिमाचलमा पाहुनाको सम्मान गर्नुपर्छ, र यो नीतिलाई पालना गर्न आवश्यक छ।”

हिमाचल प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेको छ।

(भारतीय मिडियाहरुको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स