नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २०८२ सालमा हकप्रद, आइपीओ र एफपिओ गरी कुल ४८ कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको छ। २०८२ साल वैशाख देखि चैत्र महिनासम्म हकप्रद सेयर जारी गर्न १६ वटा कम्पनी, एफपिओका लागि २ कम्पनी र आइपिओका लागि २९ कम्पनी गरि कुल ४७ कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको हो।
गत वर्ष २०८१ को तुलनामा यसवर्ष सेयर निष्काशन अनुमति पाउने कम्पनीहरुको संख्या उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष १० कम्पनीले हकप्रद, ५ कम्पनीले एफपीओ र ७ कम्पनीले आईपीओ गरी जम्मा २२ कम्पनीले मात्रै सेयर निष्काशनको अनुमति पाएका थिए।
हकप्रद सेयर जारी गर्न अनुमति पाएका कम्पनीहरुमा छ्याङ्दी हाइड्रो, तेह्रथुम पावर, राप्ती हाइड्रो, एसियन लाइफ इन्स्योरेन्स, पिपुल्स पावर, बरुण हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी, जोशी हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, शिव श्री हाइड्रो, सिटी होटल, रोवर फाल्स, नारायणी डेभलपमेन्ट बैंक, बुद्धभूमि नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स तथा हिमालयन पावर रहेका छन्।
एफपिओका लागि धितोपत्र बोर्डले हिमालयन बैंक र विजय लघुवित्त वित्तीय संस्थालाई मात्र अनुमति दिएको छ।
धितोपत्र बोर्डले यसबर्ष धेरै हाइड्रोपावर कम्पनीहरुलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ। अनुमति पाएका कुल २९ कम्पनीमध्ये १९ वटा हाइड्रोपावर रहेका छन्। हाइड्रो सेक्टर तर्फ विकास हाइड्रोपावर, हिम स्टार ऊर्जा, दरमखोला हाइड्रो, माबिलुङ इनर्जी, बुंगल हाइड्रो, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट, स्नो रिभर्स, कालिन्चोक हाइड्रोपावर, अपोलो हाइड्रोपावर, बेनी हाइड्रोपावर, टक्सार पिखुवा हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र सानीगाड हाइड्रोपावर रहेका छन्।
यस्तै, म्यानुफ्याक्चरिङ् तर्फ ५ कम्पनीले अनुमति पाएका छन्। अनुमति पाउनेमा सागर डिस्टिलरी, श्रीनगर एग्रिटेक, पाल्पा सिमेन्ट, एसवाई प्यानल,सोपन फार्मास्युटिकल्स रहेका छन्।
त्यस्तै, होटल सेक्टर बाट २ कम्पनीले आइपिओ ल्याउने अनुमति पाएका छन्। अनुमति पाउनेमा बन्दीपुर केवल कार र होटल फरेस्ट इन् रहेका छन्।
यसका साथै, विकास बैंकबाट सालपा विकास बैंक, माइक्रो फाइनान्सबाट स्वस्तिक लघुवित्त र अन्य सेक्टर बाट झापा इनर्जी लिमिटेडले आइपिओ ल्याउने अनुमति पाएका हुन्।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)
प्रतिकृया