नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २०८१ सालमा हकप्रद, आइपीओ र एफपिओ गरी १८ कम्पनीलाई सेयर निष्कासनको अनुमति दिएको छ। पछिल्लो ११ महिनामा हकप्रद सेयर जारी गर्न ९ वटा कम्पनी, एफपिओका लागि ४ कम्पनी र आइपिओका लागि ५ कम्पनी गरि कुल १८ कम्पनीलाई सेयर निष्कासनको अनुमति दिएको हो ।
हकप्रद सेयर जारी गर्न स्वीकृति भएका कम्पनीहरुमा हिमालयन ऊर्जा, अखुखोला जलविद्युत, लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लिबर्टी इनर्जी, बलेफी हाइड्रोपावर, ङादी ग्रुप, नेको इन्स्योरेन्स, र दोर्दी खोला जलविद्युत रहेका छन्। हकप्रद सेयर ल्याउने कम्पनीहरूमध्ये ३ वटा बीमा कम्पनी र ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन्। बीमा कम्पनीहरूमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल), एनएलजी इन्स्योरेन्स, र नेको इन्स्योरेन्स रहेका छन् भने हाइड्रोपावरतर्फ हिमालयन ऊर्जा, अखुखोला जलविद्युत, लिबर्टी इनर्जी, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर, र दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद ल्याउन स्वीकृति पाएका हुन्।एफपिओका लागि सुर्यदय वोमी लघुवित्त, समता घरेलु लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, र विन नेपाल लघुवित्त गरि ४ लघुवित्त कम्पनीलाई अनुमति दिइएको छ।
त्यस्तै, आइपीओ ल्याउन स्वीकृति पाउने कम्पनीहरूमा ३ वटा लघु बीमा कम्पनी, १ उत्पादन क्षेत्रको र १ हाइड्रो सेक्टरको कम्पनी रहेका छन्। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ ल्याउन पाउने लघु बीमा कम्पनी हुन्। उत्पादन समूहतर्फ ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले आइपीओ ल्याउन अनुमति पाएको हो भने हाइड्रो सेक्टरमा पियोर इनर्जीले अनुमति पाएको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) गत वर्षदेखि करिब एक वर्षसम्म नेतृत्वविहीन अवस्थामै थियो। तर, २०८१ मंसिर १० गते सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षको रूपमा नियुक्त गरेपछि सेबोनले आफ्नो कार्यलाई तीव्र बनाएको हो। श्रेष्ठ नेतृत्वमा आएपछि सेबोनले चार महिनाको अवधिमा मात्रै ४ वटा आइपीओ, ३ ओटा हकप्रद सेयर, र ३ ओटा एफपिओ स्वीकृत गरेको हो।











![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया