श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङले एमसीसी खारेज गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले एमसीसी सम्बन्धी आफ्नो माग राखेका हुन्।
सांसद साम्पाङले भदौ २४ को घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग अनुरोध गरे। साथै उनले सबै नेता तथा सांसदहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराए।
त्यसैगरी, कृषिमा देखिएका समस्याहरू समाधान गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

















प्रतिकृया