आईएमई पे (IME Pay) र खल्ती (Khalti) अन्ततः एक हुने भएका छन्। मर्जरका लागि सैद्धान्तिक सहमति जुटेसँगै, आज दुबै कम्पनी समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्दैछन्। यदि सबै प्रक्रिया अपेक्षा अनुसार अगाडि बढेमा यो नेपालकै पहिलो डिजिटल वालेट मर्जर हुनेछ।
स्रोतका अनुसार, मर्जरपछि कम्पनीको नयाँ नाम ‘आईएमई खल्ती’ (IME Khalti) रहनेछ।
सञ्चालक समिति (BOD) र प्रमुख कार्यकारी अधिकृत (CEO) को टुंगो लागिसकेको छ। तर, वित्तीय संरचना र सेयर स्वामित्वको बाँडफाँट भने अझै तय हुन बाँकी छ।
गत वर्ष नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ को पहिलो संशोधन गर्दै डिजिटल वालेट सेवा प्रदायकहरू गाभिन सक्ने व्यवस्था गरेको थियो। यो व्यवस्था पछि पहिलो पटक दुई प्रमुख वालेट एकीकृत हुन लागेका हुन्।
आईएमई पेमा ‘आईएमई ग्रुप’ को लगानी रहेको छ, भने खल्तीको स्थापना अमित अग्रवाल, ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदीले गरेका हुन्। वि.सं. २०७८ मा वर्ल्डलिंकले खल्तीको ४०% स्वामित्व लिएको थियो।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया