नयाँ स्टक एक्सचेन्ज आएमा सरकारले करोडौं आम्दानी गुमाउने 

नयाँ स्टक एक्सचेन्ज आएमा सरकारले करोडौं आम्दानी गुमाउने 

नेपालमा दोस्रो स्टक एक्सचेन्ज स्थापना भएमा सरकारले करोडौं रुपैयाँ आम्दानी गुमाउन सक्ने देखिएको छ। गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। उक्त प्रतिवेदनमा नेपालमा दोस्रो स्टक एक्सचेन्ज स्थापना गर्न उपयुक्त हुने सुझाव दिइएको छ।

हाल नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सरकारको ५८.६६% स्वामित्व रहेको छ। नेप्सेले विगतका वर्षहरूमा राम्रो नाफा गर्दै लाभांश वितरण गरेको छ, जसबाट सरकारले ठूलो आम्दानी गर्दै आएको छ। तर, नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएमा कारोबार घट्ने र नेप्सेको नाफामा नकारात्मक असर पर्ने सम्भावना छ।

नेप्सेले पछिल्ला वर्षहरूमा वितरण गरेको लाभांश:

  • आ.व. २०८०/८१: ७५% नगद लाभांश (प्रस्तावित)
  • आ.व. २०७९/८०: ६४% नगद लाभांश 
  • आ.व. २०७८/७९: १००% नगद लाभांश
  • आ.व. २०७७/७८: १००% नगद लाभांश र ६६.६७% बोनस सेयर
  • आ.व. २०७६/७७: ३०% नगद र २०% बोनस सेयर
  • आ.व. २०७५/७६: ४०% नगद लाभांश

नेप्सेले वर्षेनी वितरण गर्दै आएको लाभांशले सरकारलाई ठूलो आर्थिक फाइदा पुर्‍याउँदै आएको छ। यदि नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आयो भने नेप्सेमा हुने कारोबारको मात्रा घट्न सक्छ, जसले सरकारलाई हालसम्म प्राप्त भइरहेको आर्थिक लाभमा उल्लेखनीय कमी आउने देखिन्छ।

यस्तो छ नेप्सेबाट सरकारले प्राप्त गरेको लाभांश:

  • आ.व. २०७५/७६: रू. ११.७३ करोड
  • आ.व. २०७६/७७: रू. १४.६६ करोड
  • आ.व. २०७७/७८: रू. ५८.६६ करोड
  • आ.व. २०७८/७९: रू. ५८.६६ करोड
  • आ.व. २०७९/८०: रू. ३७.५४ करोड
  • आ.व. २०८०/८१: रू. ४३.९९ करोड

नेप्सेले पछिल्ला वर्षहरूमा औसतमा ८२ प्रतिशतका दरले लाभांश वितरण गर्दै आएको छ, जुन सरकारी स्वामित्वमा रहेको अन्य संस्थाले दिन सकेको छैन। नेप्सेको मुनाफा चुक्ता पुँजी भन्दा बढी हुने गरेको छ। हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। नेप्सेको आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस्तै २०७८/७९ मा १ अर्ब ६५ करोड २९ लाख र आर्थिक वर्ष २०७९/८० मा ९४ करोड २५ लाख खुद नाफा कमाएको थियो ।

नेप्सेको आम्दानीको मुख्य स्रोत भनेको ब्रोकरहरुबाट आउने कमिसन हो। लगानीकर्ताले सेयर खरिद बिक्री गर्दा ब्रोकरलाई तिर्ने कमिसनबाट २० प्रतिशत नेप्सेले पाउँछ । यस्तै सूचीकरण शुल्क र वार्षिक नवीकरण बाट पनि नेप्सेलाई आम्दानी गर्छं।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स