शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल सुरु गरेको छ। मन्त्री सस्मित पोखरेलले बुधबार सार्वजनिक आह्वान गर्दै कुनै पनि प्रकारको दुर्व्यवहार भोगेका विद्यार्थीहरूलाई सिधै मन्त्रालयमा गुनासो दर्ता गर्न आग्रह गरेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफूले भोगेका वा भोगिरहेको दुर्व्यवहारबारे जानकारी दिन अनुरोध गरेका छन्। सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले प्राप्त गुनासोमाथि तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। मन्त्रालयले शैक्षिक संस्थामा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ।
मन्त्री पोखरेलका अनुसार मन्त्रालयले विद्यार्थीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउन विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ। मन्त्रालयमा गुनासो गर्ने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता समेत जनाइएको छ।
विद्यार्थीहरूले अनलाइन फारममार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त फारममा अध्ययनरत शैक्षिक संस्थाको नाम, दुर्व्यवहारको प्रकृति र घटनाको विस्तृत विवरण उल्लेख गर्नुपर्नेछ।
फारममार्फत जातीय तथा लैङ्गिक भेदभाव, शाब्दिक वा भौतिक दुर्व्यवहार, यौनजन्य हिंसा, मानसिक दबाब, बुलिङ तथा अनलाइन दुर्व्यवहार लगायतका विषयमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ।
विद्यार्थीले यहाँ क्लिक गरेर उजुरी दिन सक्नेछ








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया