गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउन आएको बताएका छन् ।
ललितपुरमा सोमबार आयोजित रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा गुरुङले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत खर्चमा नलगाई जेन्जी आन्दोलनमा घाइतेहरूका लागि स्वास्थ्य शिक्षा तथा रोजगारजमा खर्च गर्ने बताए ।
आन्दोलनमा उठेका मुद्दालाई संसद्मा पुर्याउने, महिला सशक्तीकरण, आधुनिक कृषि, दहेज–घरेलु हिंसाविरुद्ध कडा कानुन र सामाजिक न्यायका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सेवा, त्याग र उत्तरदायित्वका साथ जनताको पक्षमा उभिने स्पष्ट पारे।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया