संघीय संसदका तीनवटा समितिको बैठक आज सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने भएका छन्।
संसद सचिवालयका अनुसार समितिहरूका बैठक क्रमशः बिहान र दिउँसो तोकिएको समयअनुसार सञ्चालन हुनेछन्।
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक बिहान ११:०० बजे सुरू हुनेछ। बैठकमा भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्न तयार पारिएको विधेयक, २०८० सम्बन्धमा सरोकारवालासँग छलफल गरिनेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १२:१५ बजे बोलाइएको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्त व्यवस्थाबारे छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिको बैठक
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११:३० बजेबाट सुरू हुने तय भएको छ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने समितिले जनाएको छ।
तीनवटै बैठकमा सम्बन्धित विधेयक र अजेन्डाहरूमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया