बाराको सिमरा क्षेत्रमा बुधबारदेखि उत्पन्न तनावपूर्ण स्थितिपछि राष्ट्रिय मानव अधिकार आयोगले शान्ति–सुरक्षा मजबुत बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ। आयोगले घटनापछि बिग्रिएको वातावरण चुस्त पार्न तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने अवस्था बनाउन सरकारसँग आग्रह गरेको छ।
आयोगद्वारा जारी विज्ञप्तिअनुसार विवादपछि आक्रोशित भीड विमानस्थलतर्फ अघि बढ्दा सिमरा विमानस्थल अगाडि झडप भएको र एयरपोर्ट गेटमा क्षति पुगेको तथ्य बाहिर आएको छ। झडपका कारण उडान प्रभावित भई एमालेका नेताहरू सिमरा जान नसक्ने अवस्था बनेको तथा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार हालसम्म पाँच जना घाइते भएको विवरण प्राप्त भएको छ। घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको र उनीहरूले आक्रमणकारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएको प्रारम्भिक जानकारी आयोगले पाएको छ।
आयोगले वर्तमान राजनीतिक परिस्थिति र आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा यस्ता घटना दोहोरिन नदिन विशेष ध्यान दिन सरकार र सरोकारवालाहरूलाई सचेत गराएको छ। विज्ञप्तिमा भनिएको छ– संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हकमा प्रतिकूल असर पर्ने तथा निर्वाचनको सहज वातावरण कमजोर बन्ने भएकाले सबै पक्ष संयमित भई स्थिति सामान्य बनाउन सहयोग आवश्यक छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया