आज सुनको मूल्य बढ्दा तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज २०८२ (वैशाख १६ गते) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँमा पुगेको हो।
सोमबार सुनको मूल्य तोलाको १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा किनबेच हुँदैछ ।